माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन मंगलबार स्वदेश फर्किने

काठमाण्डु टुडे २०७९ पुष ४ गते १२:५२ मा प्रकाशित

काठमाण्डु,४ पुस– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन मंगलबार स्वदेश फर्किने भएका छन् । लामो समय देखी जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि १६ मंसिरमा उपचारका लागि चीन गएका उनी मंगलबार स्वदेश फर्किन लागेका हुन् ।

पुनले चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएको माओवादी केन्द्रका नेता नेता डिपी ढकालले बताएका छन । उनका अनुसार पुनको स्वास्थ्यमा सुधार देखिएको छ ।

पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us