
काठमाण्डु,४ पुस– जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् । हिजो आइतबार काठमाण्डु बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत दलको नेतामा राउतलाई चयन गरेको छ ।
जनमतका नेता बीपी साहले दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज सोमबार पुनः १० बजे बैठक बोलाइएको बताएका छन । जनमतका ६ सांसद छन्। राउत प्रत्यक्ष र अरु पाँच जना समानुपाति प्रणालीबाट चयन भईसकेका छन ।