धरानका मेयर साम्पाङले माफी मागे

काठमाण्डु टुडे २०७९ पुष ४ गते ८:४३ मा प्रकाशित

धरान, ४ पुस– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दलित समुदायबारे दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् ।

उनको अभिव्यक्तिलाई लिएर दलित अधिकारकर्मी र संघसंस्थाले आपत्ति जनाएका थिए । राईले दलित समुदायलाई क्षित गरी ‘चमारे’ शब्द प्रयोग गरेका थिए । मेयर साम्पाङले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्तिले दलित समुदायको भावनामा ठेस लागेको भन्दै क्षमायाचना गरेका हुन् ।

गाउँघरमा चल्तीमा रहेको ठट्यौली उखानको शैलीमा ‘चमारे’ शब्दको प्रयोग गरेको उनो भनाइ छ । ‘मैले पोष्ट गरेको स्टेटसमा गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’ शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको रहेछ । त्यसका लागि क्षमाप्रार्थी छु,’ मेयर साम्पाङले भनेका छन् ।

आफू सधैं समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउन लाग्ने प्रतिबद्धता जनाए । आफ्नो नियत कसैलाई ठेस पु¥याउनु नरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us