आफ्नै नेतृत्वमा सरकार गठनका लागि गठबन्धनका दलसँग संवाद गर्ने कांग्रेसको निर्णय

काठमाण्डु टुडे २०७९ पुष ३ गते १६:४० मा प्रकाशित

काठमाण्डु,३ पुस– कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि गठबन्धनका दलसँग संवाद गर्ने निर्णय गरेको छ ।

बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले ठुलो दलको हैसियतले पार्टीले नै सरकारको नेतृत्व पाउनुपर्ने निष्कर्षका साथ कांग्रेसले यस्तो निर्णय गरेको बताएका छन । यस्तै संसदीय दलको चुनावका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको पनि उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us