
धादिङ,३ पुस– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानीस्थित आहालेमा मोबाइल लुट्नका लागि दुई जना किशोरले दम्पतीको हत्या गरेका छन ।
२६ मंसिरमा ७४ वर्षीय विष्णु बहादुर आले मगर र ६७ वर्षीया निरमाया आले मृत भेटिएका थिए ।बिहान मृत अवस्थामा भेटिएका दम्पतीको दुईजना किशोर मिलेर हत्या गरेको प्रहरीले बताएको छ ।
दम्पतीको हत्या आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–३ घर भएका १५ र १३ वर्षका किशोरी रहेका छन ।
हत्याबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोका इन्स्पेक्टर सुरेश खत्रीको टिम धादिङ गएको थियो । पुस १ मा पक्राउ गरिएका किशोरहरुलाई अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले न्यायिक हिरासतमा राखेको छ ।