ललितपुरबाट १३ लाख बराबरको सुन र चाँदीका गहना चोरी

काठमाण्डु टुडे २०७९ पुष ३ गते १५:३४ मा प्रकाशित

काठमाण्डु,३ पुस– ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलबाट नगद र सुनका गहना चोरी भएको छ । हाम्रो कोलोनीमा बस्ने प्रमिला कुमारी जोशीको घरबाट १३ लाख बराबरको सुन र चाँदीका गहना चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

शनिवार राति चोरले नगद ४७ हजार रूपैयाँ समेत चोरेको पीडित पक्षेले बताएका छन । घरधनी बुटवल गएको मौका पारेर चोरि गर्नेहरूले मुख्य गेटको ताला फुटाएर चोरीगरेका हुन । चोरीमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us