
तेह्रथुम,३ पुस– प्रहरीले किशोरीलाई बलात्कार गरेको आरोपमा तेह्रथुमबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमाफिदिम नगरपालिका–३ घर भएका ३९ वर्षका नरेन्द्र राई रहेका छन ।
उनलाई १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले बताएको छ ।
किशोरीलाई राईले २८ मंसिरमा तेह्रथुम आठराई गाउँपालिका पिलेस्थित झाडीमा जबरजस्ती करणी गरेको आरोप छ ।
बलात्कार भएको सुराक पाएपछि प्रहरी चौकी चुहानडाँडा तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।