धनकुटामा आगलागीबाट २ जना घाइते

काठमाण्डु टुडे २०७९ पुष ३ गते १४:४५ मा प्रकाशित

काठमाण्डु,३ पुस– धनकुटा नगरपालिका ४ देब्रेबासमा आइतबार आगलागीबाट एउटा घरमा क्षति पुगेको छ । आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा घरधनी लीलाबहादुर आचार्य र उनकी श्रीमती कमला आचार्य रहेका छन । आचार्यको दुई तले घरमा बिहान १० बजे भान्साकोठाबाट खाना पकाउने ग्यास चुहावट भएर आगलागी भएको प्रहरीले बताएको छ ।

आगो निभाउने क्रममा घरधनी लीला र उनकी श्रीमती कमला आचार्य घाइते भएका हुन । घाइतेको जिल्ला अस्पतालमा उपचार भइहेको र दुवैको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ ।

आगलागीबाट लत्ता कपडा, अन्नपात, भाडाबर्तनसहित ६ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us