
मनिला ,३० असार – दक्षिणी फिलिपिन्सको सामूद्रिक जल सतहमा सोमबार ६.४ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।
सो संस्थाका अनुसार यस भूकम्प पश्चात् मानवीय हताहती तथा भौतिक सम्पत्तीको क्षति नभएको र सुनामीको चेतावनी पनि दिइएको छैन् ।
फिलिपिन्सको भूगर्भशास्त्र विज्ञान अध्ययन संस्थाले भने सो भूकम्प ६.१ रेक्टर स्केलको भएको जनाएको छ ।
उक्त भूकम्पको केन्द्रबिन्दु तटीय सहर डोन मार्सेलिनो सहरदेखि ५५ किलोमिटर टाढा गहिराईमा रहेको सरकारी भूगर्भशास्त्रीय रेनाटो सोलिडूमले बताउनु भएको छ । एएफपी