
काठमाण्डु,२७ मंसिर– मधेसी आयोगले थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने भएको छ । आयोगले २० मंसिरमा बसेको बैठकबाट यसबारे निर्णय गरेको हो ।
मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन–२०७८ को उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमको सूची हटाउने निर्णय भएको आयोगका अध्यक्ष डा विजयकुमार दत्तले बताएका छन ।
यसअघि मधेसी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको सूचीमा राखेर राष्ट्रपतिलाई सिफारिससहितको प्रतिवेदन बुझाएपछि विरोध भएको थियो ।
सो निर्णय कार्यान्वयनका लागि आयोगकी उपसचिव सविता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छिन् ।
थारु र मुस्लिम समुदायका विभिन्न संघ–संगठनहरुले थारु र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको भन्दै मधेशी क्लस्टरमा आफूहरुलाई नराख्न आयोगमा निवेदन दिएका थिए ।