खोटाङमा टाटा सुमो दुर्घटना हुँदा चालक घाइते

काठमाण्डु टुडे २०७९ मंसिर २६ गते १४:४५ मा प्रकाशित

खोटाङ,२६ मंसिर– खोटाङमा टाटा सुमो दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेका सुनसरी तरहरा ठेगाना भएका वर्ष २६ को रामकुमार खनाल रहेका छन ।

यात्रु लिनका लागि हुर्लुङतर्फबाट दिक्तेल जाँदै गरेको को १ ज ३०२७ नम्बरको खाली सुमो दुर्घटना हुँदा खनाल गम्भीर घाइते भएका हुन् ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–हुर्लुङ सडक खण्डको दिखुवाखोलामा सोमबार सुमो पल्टिँदा चालकको देब्रे खुट्टा भाँचिएको प्रहरीले बताएको छ ।

सुमो सडकबाट करिब ५० मिटर तल खसेको थियो । घाइतेलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताए । घाइतेको दाहिने हातमा पनि समस्या देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us