सरकारले सत्ता स्वार्थ पूरा गर्न अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह हो: भीम रावल

काठमाण्डु टुडे २०७९ मंसिर २६ गते १३:०५ मा प्रकाशित

 काठमाण्डु,२६ मंसिर– एमाले नेता भीम बाहादुर रावलले हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई आम माफी दिनेगरी सरकारले अध्यादेश ल्याउन खोज्नु आपत्ति जनक भएको बताएका छन ।

उनले अहिले सरकारले अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह हुने पनि बताएका छन् । नेता रावलले भनेका छन्, सरकारमा सहभागी दलहरूले कानुनी शासनको धज्जी उडाउँदै अध्यादेशद्वारा सत्ता स्वार्थ पूर्ति गर्न खोज्नु खेदजनक छ ‘यो नेपाली जनताको जनादेशको समेत घोर अपमान हो ।’

जिल्ला अदालतमा विचाराधीन मुद्दा मात्रै सरकारले फिर्ता लिन सक्ने व्यवस्थामा संशोधन गरी सरकारले जुनसुकै अदालतमा विचाराधीन मुद्दा पनि फिर्ता लिन सक्नेगरी अध्यादेश ल्याउने निर्णय गर्नु कुशासन बढाउन काम भएको उनले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us