
जनकपुर, २६ मंसिर– धनुषामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या भएको छ ।
बटेश्वर गाँउपालिका–५ शान्तिपुरकी २८ वर्षीया अमृता यादवको सोमबार बिहान हत्या भएको हो । हतियार प्रहारबाट गम्भीर घाइते उनको जनकपुरस्थित एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकका श्रीमान वीरेन्द्र यादवले बिहान करिब ४ बजेको समयमा चार जनाको संख्यामा आएको नकाबधारी सामूहले अमृताको हत्या गरेको बयान प्रहरीमा दिएका छन् । प्रहरीले भने वीरेन्द्रमाथि पनि शंकाको घेरामा राखेको छ ।
धनुषा प्रहरीका डिएसपी प्रदीप क्षेत्रीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । छिमेकीहरुले वीरेन्द्रले अमृतालाई कुटपिट गर्ने गरेका कारण घटनामा उनको संलग्नताको आशंका गरेपछि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।