सर्वोच्च पुग्यो संघीय संसद सचिवालयले लेखेको जवाफी पत्र

काठमाण्डु टुडे २०७९ मंसिर २५ गते १६:१३ मा प्रकाशित

काठमाण्डु,२५ मंसिर– संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतले पठाएको पत्रको जवाफ दिएका छन् ।

गत बुधबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिँदै राणालाई कामकाज गर्न दिन सर्वोच्चलाई पत्र लेखेको थिए ।

उनले सो पत्रमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतका सहरजिस्ट्रार नारायणप्रसाद रेग्मीले कुन संविधान र कानुनको आधारमा महाभियोग निष्प्रभावी भएको हो भन्दै उनीसँग जवाफ मागेका थिय ।

संघीय संसदका महासचिवले लेखेको सो पत्र कार्यान्वयन नगर्नु नगराउनु भन्दै यसअघि नै सर्वोच्चको संवैधानिक इजलासले फैसला गरिसकेको छ ।

संवैधानिक इजलासले संसद सचिवालयका महासचिव गौतमलाई पत्र लेख्ने अधिकार नभएको उल्लेख गर्दै उनीद्वारा जारी पत्र तत्काल कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us