
महोत्तरी,२५ मंसिर– महोत्तरीमा गाडीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका–३ कालापानीका ६६ वर्षीय वीरबहादुर आले मगर रहेका छन् ।
सिन्धुलीबाट बर्दिवासतर्फ आउँदै गरेको स१च १५४५ नम्बरको गाडीले बाटो काट्ने क्रममा मगरलाई ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा बर्दिवासस्थित जनसेवा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले बताएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।