पूर्वरथी महतको घरभित्रै रहस्यमय मृत्यृ

काठमाण्डु टुडे २०७९ मंसिर २४ गते १८:४३ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत फेला परेका छन् ।

काठमाण्डुको मण्डिखाटारस्थित निवासमा महत शनिबार बिहान मृत फेला परेका हुन् । काठमाण्डु प्रहरी परिसरका एसएसपी भरत बोहराका अनुसार महत झुण्डिएको अवस्थामा फेला परेका थिए । तत्काल उद्धार गरेर ह्याम्स अस्प
ताल लगिए पनि चिकित्सकले महतलाई मृत घोषणा गरेको बोहराले बताए । महतको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोष्टमार्टमपछि शव परिवारले जिम्मा लिएको महतले बताए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थलमा सुसाइट नोट फेला नपरेको बोहराले जानकारी दिए ।

महतले पाँच वर्षअघि सेनाबाट अवकाश पाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us