धाँधली गरी एमाले विष्णु पौडेललाई जिताइएको भन्दै सर्वोच्चमा मुद्दा दायर

काठमाण्डु टुडे २०७९ मंसिर २१ गते १०:५९ मा प्रकाशित

काठमाण्डु,२१ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही–२ का उम्मेदवार गणेश पौडेलले निर्वाचनमा धाँधली गरी नेकपा एमाले उम्मेदवार विष्णु पौडेललाई जिताइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका छन् ।

पौडेलले आफूलाई मतगणनास्थलमा जान समेत नदिई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको बताएका छन ।

रुपन्देही–२ बाट एमाले उम्मेदवार विष्णु पौडेल २७ हजार १४८ मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गणेश पौडेलले २५ हजार ७८२ मत प्रप्त गरेका थिय ।

उनले रिट निवेदनमा नवनिर्वाचित विष्णु पौडेल, निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही, निर्वाचन अधिकृतको कार्यालय– २ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई समेत विपक्षी बनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us