भिनाजुद्वारा हँसिया प्रहार गरी सालोको हत्या

काठमाण्डु टुडे २०७९ मंसिर २१ गते ८:४४ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– कैलालीमा भिनाजुले सालोको हत्या गरेका छन् ।

जोशीपुर गाउँपालिका–६ का ५३ वर्षीय गौरीलाल ढुंगानाले हँसिष्या प्रहार गर्दा मंगलबार साँझ ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो ।

मृतक भण्डारी नाताले ढुंगानाका सालो हुन् । हँसिया प्रहारबाट अर्को सालो ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएइको प्रहरीे जनाएको छ । उनको कोहलपुरको अस्पतालमा उपचार भइरहेको छ । घटनापछि भण्डारी फरार छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us