
एजेन्सी– अफगानिस्तानको उत्तरी भागमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा आज मङ्गलबार सरकारी कर्मचारी चढेको एक बसमा बम विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ ।
प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीका अनुसार सीमावर्ती शहर हिरातनको पेट्रोलियम निर्देशनालयका कर्मचारी चढेको बसले सडक किनारमा राखिएको बम कुल्चँदा उक्त हताहत भएको हो ।
यस्तै घटनामा परि अन्य छ जना घाइते भएका छन् । विष्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले भने लिएको छैनन् ।