करेन्ट लागेर एक जना युवकको मृत्यु

काठमाण्डु टुडे २०७९ मंसिर २० गते ११:४० मा प्रकाशित

काठमाण्डु,२० मंसिर– रौतहटको गुजरा नगरपालिकामा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । मूत्यु हुनेमा गुजरा–४‌‌‌ का २५ वर्षीय मेघनाथ चौधरी रहेका छन ।

उनको विद्युत मोटरबाट आफ्नै खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।स्थानीय अनुसार मदिरा सेवन गरी मोटरबाट पानी पटाउने क्रममा मंगलबार साँझ करेन्ट लागेर अचेत भएका चौधरिलाई उपचारका लागि कनकपुर अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us