
काठमाण्डु,१९ मंसिर– रुपन्देहीमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मूत्यु हुनेमा मोटरसाईकल चालक बुटवल उपमहानगरपालिका १६ का ३८ वर्षीय शालिकराम शर्मा रहेका छन।
रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका–२ स्थित हिरापुरमा रा १ ख ७१३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प १९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा उनको भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक शर्माको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल मृत्यु भएको हो । चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।