स्याङ्जामा मतगणना सुरु गर्न का लागी सर्वदलीय बैठक बस्दै

काठमाण्डु टुडे २०७९ मंसिर १४ गते १७:०८ मा प्रकाशित

काठमाण्डु,१४ मंसिर– निर्वाचन आयोगको निर्देशनपछि स्याङ्जामा मतगणना सुरु गर्न सर्वदलीय बैठक डाकिएको छ ।

४ मंसिरमा सम्पन भएको प्रतिनिधि र प्रदेश सभा सदस्य पदको निर्वाचनका दिन केही मतदान केन्द्रमा बुथ क्याप्चर भएको भन्दै एमालेले उजुरी गरेपछि मतगणना कार्य स्थगित भएको थिय ।

बुधबार बसेको आयोगको बैठकले बाजुरा र स्याङ्जामा मतगणना गर्न निर्देशन दिएपछि मतगणना कार्य अघि बढाउन लागिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us