
एजेन्सी– पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको उपनगर बालेलीमा पोलियो टोलीको सुरक्षा गरिरहेको प्रहरीको गाडीमा आत्मघाती हमला भएको छ ।
यस हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । क्वेटाको बालेली भन्ने ठाउँमा पोलियो थोपा खुवाउने टिमको सुरक्षामा खटिएको प्रहरीलाई लक्षित गरेर आक्रमण भएको बीबीसीले जानएको छ ।
ज्यान गुमाउनेमा एक जना प्रहरी पनि रहेका छन् । विस्फोटमा ३ वडा गाडीमा क्षति पुगेको छ । आतंकवादी समूह तहरिक ए तालिवानले आक्रमणको जिम्मेवारी लिएको छ ।
उक्त घटना लाई लिएर पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले घटनामा निन्दा समेत गरेका छन् ।