
काठमाण्डु,१४ मंसिर– निर्वाचन आयोगले स्याङ्जा र बाजुरामा पुनः मतदान नगर्ने निर्णय भएको छ । बुधबार बसेको आयोगको बैठकले यसअघि भएको मतदानलाई नै मान्यता दिँदै ती जिल्लामा तत्काल मतगणना थाल्न निर्देशन दिइएको छ ।
यसअघि ती जिल्लामा मतदानका क्रममा धाँधली, बुथ कब्जा भएको भन्दै नेकपा एमालेले उजुरी दिएपछि मतगणना कार्य रोकिएको थियो ।