
काठमाण्डु,१४ मंसिर– भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारत सरकारले तीन महिनापछि चामल लगाएको निर्यातमाथिको प्रतिबन्ध हटाएको हो ।
विदेश व्यापार महानिर्देशनालयले (डिजिएफटी) मङ्गलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको हो । सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशङ्कामा जैविक गैर–बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
चामलको सम्भावित अभाव हुने डर हटेपछि प्रतिबन्ध हटाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन ।