बैतडीमा करिब १९ हजार भन्दा बढी मत बदर

काठमाण्डु टुडे २०७९ मंसिर १४ गते ११:३४ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर -यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार भन्दा बढी मत बदर भएका छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी १९ हजार सात सय ७१ मत बदर भयको बतायको छ। मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा यति धेरै सङ्ख्यामा मत बदर भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुँयाल भने मतदाता शिक्षा प्रभावकारी भएको दाबी गर्छन् । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ ७७ हजार चार सय ६० मत खसेको मध्य चार हजार नौ सय ६२ मत बदर भएका छन्

। त्यस्तै प्रदेशसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ ४० हजार एक सय ५५ मत खसेकामा दुई हजार १३ मत बदर भए । प्रदेशसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ ३७ हजार दुई सय ८० मत खसेकामा एक हजार आठ सय २० मत बदर भयको छ। प्रदेशसभा सदस्य समानुपातिकतर्फ ७७ हजार चार सय २३ मत खसेकामा पाँच हजार ५५ मत बदर भएको छ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us