समानुपातिकतर्फको १ करोड बढी मतगणना ,एकीकृत समाजवादी पार्टीलको थ्रेस होल्ड कटेन

काठमाण्डु टुडे २०७९ मंसिर १४ गते १०:३७ मा प्रकाशित

काठमाण्डु ,१४ मंसिर -गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको १ करोड बढी मतगणना सकिएको छ ।

१ करोड भन्दा बढी मतगणना सकिँदा नेकपा एकीकृत समाजवादी पार्टीले थ्रेस होल्ड कटाउन सकेको छैन। निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पर्टी, राप्रपा, जसपा र जनमत पार्टीले थ्रेस होल्ड कटाएका छन् ।

जस्मा एमालेले २६ लाख ९७ हजार, कांग्रेसले २५ लाख ५५ हजार, माओवादी केन्द्रले ११ लाख ४१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार, राप्रपाले ५ लाख ७० हजार, जसपाले ३ लाख ९३ हजार र जनमत पार्टीले ३ लाख ५४ हजार मत पाएको आयोगले बतायको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us