प्रदीप पौडेलले बोलाएको सामूहिक बैठकमा गएनन् एमाले उपाध्यक्ष पोखरेल

काठमाण्डु टुडे २०७९ मंसिर १३ गते १७:५० मा प्रकाशित

काठमाण्डु,१३ मंसिर– काठमाण्डु–५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले बोलाएको आफूसँगै प्रतिस्पर्धा गरेका उम्मेदवारहरुको सामूहिक बैठकमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अनुपस्थित भएका छन् ।

क्षेत्रको विकासका लागि सामूहिक प्रयत्नका लागि बोलाएको छलफलमा यसै क्षेत्रका पूर्व सांसद पोखरेल छलफलमा नआएको पौडेलले जानकारी दिए ।

‘यस क्षेत्रमा उम्मेदवार भएका सबैलाई मैले छलफलका लागि बोलाएको थिएँ’, निर्वाचित पौडेलले भने,‘ईश्वर पोखरेल आउनुभएन । नयाँ संस्कारको सुरुवात गर्न खोजेको हुँ ।’

 काठमाण्डु–५ बाट १५ हजार २६९ मतसहित पौडेलले चुनाव जितेका थिए । निकटतम् प्रतिद्वन्द्वी रहेका पोखरेलले भने १० हजार १९० मत मात्र प्रप्त गरेका थिय ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us