
काठमाण्डु,१३ मंसिर– नेकपा एकीकृत समाजवादीले अहिलेको सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । मंगलबार बसेको सचिवालयको बैठकले परिणाम सोचे जस्तो नआए पनि गठबन्धनलाई भोलिका दिनमा पनि कायम राखेर जाने निर्णय गरेको हो ।
बैठकबारे प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने जे जस्तो मत परिणाम हामीले प्राप्त गर्यौ, यो परिणाम हामीले सोचेको जस्तो छैन्,’ तर, गठबन्धनका कारण प्राप्त गरेका उपलब्धीलाई हामीले रक्षा गर्नुपर्छ भन्ने ठाउँमा र गठबन्धनको भावना अनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा समाजवादी पुगेका उनले बताएका छन ।’