
काठमाण्डु,१३ मंसिर– भरतपुर महानगरपालिकाले मापदण्ड विपरीत बनेका संरचनाहरु भत्काउन ३५ दिने सूचना जारी गरेको छ ।
नगर क्षेत्र भित्र रहेका मापदण्ड बमोजिम नक्सा पास स्वीकृत गर्नुपर्नेमा सो नगरी बनेका घर, अस्थायी टहरा, पर्खाल लगायतका संरचना हटाउन महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरले कतिपय क्षेत्रमा बनेका संरचनाहरु स्वीकृत नलिई बनेको जनाएको छ ।
महानगरपालिकाले सडक क्षेत्राधिकार मिचेर बनेका घर संरचना पनि भत्काउने जानएको छ । नक्सा पास बिना अन्य प्रयोजनका लागि पसल, गोदाम, ट्रस, टहराहरु स्वीकृत नलिई बनेका ट्रस, पाली, टहरा, सडकबाट फुटपाथमा उक्लिन अवरुद्ध हुने गरी बनेका ढलाई लगायतका संरचना भत्काउने महानगरले जानकारी दिएको छ ।
महानगरले तोकिएको समय भित्र ति संरचनाहरु आफैले नहटाए स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम महानगर आफैंले हटाउने महानगरले जनाएको छ ।