
काठमाण्डु, १३ मंसिर– काठमाण्डुको थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउन डोजरसहित काठमाण्डु महानगरको टोली सोमबार पुगेपछि सो क्षेत्र तनावग्रस्त बन्एको थियो ।
मंगलबार बिहानैदेखि उनीहरु आफ्नो वासस्थान हटाउने कदमविरुद्ध आन्दोलित बनेका छन् । मंगलबार बिहानैदेखि उनीहरूले विरोध प्रदर्शन गरेका छन् । संविधानको धारा ३८ को आवासको हक कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग रहेको छ ।