
काठमाण्डु,१३ मंसिर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा देखापरेका आवेग, असन्तुष्टि र निराशालाई सम्बोधन गर्ने ढंगले अघि बढ्ने बताएका छन् ।
गोरखा–काठमाण्डु सम्पर्क मञ्चले मंगलबार बिहान ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन ।
उनले भने, ‘मैले राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टि र निराशालाई पनि सम्बोधन गर्ने ढंगले गोरखाली जनताको विश्वासको बलमा अगाडि बढ्नुपर्छ ।’
उनले सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिने बताएका छन । राष्ट्रलाई एकता, समृद्धि र सुशासन तिर लैजाने उपयुक्त थलो गोरखा भएको भन्दै त्यहाँका जनताको भरोसा र विश्वासको बलमा नै राष्ट्रिय एकता पनि कायम गर्नु पर्ने बतएका छन ।’