बर्दियाबाट खैरो हेरोइनसहित २ जना पक्राउ

काठमाण्डु टुडे २०७९ मंसिर १२ गते १२:१५ मा प्रकाशित

बर्दिया,१२ मंसिर– प्रहरीले बर्दियाबाट लागुऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका–८ बस्ने २४ वर्षीय कृष्ण थारु र २५ वर्षीय गणेश चौधरी रहेका छन् ।

आरोपीहरुको साथबाट ३ ग्राम १ सय ९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले बताएको छ ।

हिजो आइतबार राति प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भे.१२ प ६३७९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक कृष्ण र मोटरसाइकलमा सवार गणेशको साथमा हेरोइन भेटिएको थियो । घटना बारे थप अनुसन्धान भईरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us