
बर्दिवास, २ मंसिर– प्रहरीले महोत्तरीको बर्दिवासबाट स्वस्तिक छाप लगाएको मतपत्र बोकेको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार शुक्रबार साँझ बर्दिवास–३ स्थित गौरीडाँडाबाट स्वस्तिक छाप लगाएको मतपत्र बोकेको एचआर ३६एस५४७१ नम्बरको भारतीय गाडी नियन्त्रणमा लिइएको जानकारी दिए ।
पंगेनीका अनुसार सूर्य चिन्हमा स्वस्तिक छाप लगाएको २ सय ६२ थान मतपत्र फेला परेको छ । प्रहरीले नियन्त्रणमा लिएको गाडी इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ
। एसपी पंगेनीका अनुसार मौन अवधिमा आचारसंहिताविपरीत सूर्यमा मत हालेको मतपत्र बरामद भएकाले कारबाहीका लागि सिफारिस गरिएको बताए ।