सुनचाँदीको मूल्य स्थिर

काठमाण्डु टुडे २०७९ कार्तिक ७ गते ११:४२ मा प्रकाशित

काठमाण्डु, ७ कातिक -नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनी स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार पनी शनिबारकै भाउमा सुनचाँदीको कारोबार हुने बतायको छ। साताको शनिबार छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम थियो ।

आज सोमबार पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ । यसैगरी, आज चाँदीको मूल्य समेत स्थिर छ । आज चाँदीको मूल्य तोलामा १२ सय १५ रुपैयाँ रहेकोे छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us