सुनको मूल्य स्थिर

काठमाण्डु टुडे २०७९ कार्तिक ६ गते ११:५४ मा प्रकाशित

काठमााण्डु,६ कातिक– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिले दिन आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कारोबार भएको थियो ।

आज (आईतबार) पनि सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य समेत स्थिर छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १२ सय १५ रुपैयाँ कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us