
काठमाण्डु,३ कातिक– आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेरको छ ।
बुधबार सुनको प्रतितोला ९३ हजार २०० रुपैयाँ कारोबार भएको थियो । आज (बिहीबार) सुन प्रतितोला १०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँ कारोबार भएको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ ११ सय ७० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँ कारोबार भएको थियो ।