
काठमाण्डु, १ कातिक– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । सोमबार सुनको प्रतितोला ९३ हजार ३०० रुपैयाँ कारोबार भएको थियो ।
आज मंगलबार सुन १०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार ४०० रुपैयाँ कारोबार भएको छ । यस्तै चाँदीको मूल्यमा समेत वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँमा कारोबार भएको छ ।
सोमबार चाँदी प्रतितोला ११ सय २० रुपैयाँ कारोबार भएको थियो ।