चुनावी प्रतिस्पर्धा स्वच्छ बनाउन ओलीको माग

काठमाण्डु टुडे २०७९ असोज १८ गते २१:०० मा प्रकाशित

झापा, १८ असोजनेकपा एमालेका अध्यक्ष केपी ओलीले स्वस्थ चुनावीप्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन्

बडादशैं, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा मंगलबार गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित शुभकामनाआदानप्रदान कार्यक्रममा एवं पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने बताए हामीले लडेरल्याएको व्यवस्था नै बहुदलीय प्रतिस्पर्धा हो’,  उनले भने, ‘प्रतिस्पर्धा स्वस्थ भएन भने त्यो लोकतान्त्रिक राजनीति हुँदैन दलहरुबीचराष्ट्रिय एकता बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्ने विषयमा एकता हुनुपर्नेमा समेत उनले जोड दिए उनले २०५१ सालदेखिगृहजिल्लामा दशैंको महानवमीका अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएका छन् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षराजेन्द्र लिङ्देन,  नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाइँ,  नेकपा माओवादीका युवा नेता रञ्जीत तामाङ,  जनता समाजवादीपार्टी झापा अध्यक्ष दीपेनबाला राईलगायत विभिन्न राजनीतिक पार्टीका नेता,  नेकपा एमालेका नेता, उद्योगी, व्यवसायी पेसाकर्मीहरुको उपस्थिति रहेको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us