सुनको मूल्य बढ्यो

काठमाण्डु टुडे २०७९ असोज १२ गते १२:०४ मा प्रकाशित

 काठमाण्डु,१२ असोज–  नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियाे ।

यसैगरी, चाँदीको मूल्य भने घटेको छ । महासंघले बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us