प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

काठमाण्डु टुडे २०७९ असोज ११ गते १२:२४ मा प्रकाशित

 काठमाण्डु,११ असोज– प्रि ओपन सेसनमा नेप्से सूचक ०.४२ अंकले घटेको छ । यससँगै सूचक १८१४.७१ विन्दुमा आएको छ ।

२ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको ८१५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १२ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us