
काठमाण्डु, ६ असोज– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ९.८३ अंकले घटेको छ ।
नेप्से घटेर १८३८.९६ अंकमा बन्द भएको छ । निक्षेपको ब्याजदर बढाउने बैंकर्स संघको निर्णयसँगै नेप्सेमा लगातार ओरालो लाग्दै आएको हो । भदौ अन्तिम सातादेखि ओरालो लागेको बजार बुधबार भने ११.२२ अंकले बढेको थियो ।
सबै उपसूचक ऋणात्मक हुँदा वित्त कम्पनी उपसूचकमा सबैभन्दा धेरै १.५६ प्रतिशतले गिरावट आएको छ ।
नेप्सेसँग कारोबार रकम पनि खुम्चिएको छ । बुधबार ७२ करोडको बारोबार भएको बजारमा बिहीबार ६५ करोड ५७ लाख मात्र कारोबार भयो ।
नबिल बैंकको सर्वाधिक २ करोड ५९ लाखको कारोबार भएको छ । १८५ कम्पनीको कारोबार भएकोमा १४३ कम्पनीको सेयर मूल्यमा गिरावट भयो भने ३७ कम्पनीको बढेको छ । ५ कम्पनीको मूल्य स्थिर छ ।