काठमाण्डु, ४ असोज– सेयर बजार परिसूचक नेप्से साताको तेश्रो कारोबार दिन मंगलबार पनि घटेको छ ।
मंगलबार नेप्से ३८.८१ अंकले घटेर १८३७.६० बिन्दुमा आइपुगेको छ । यो पछिल्लो २२ महिना यताकै न्यून बिन्दु हो । यसअघि नेप्से २०७७ मंसिर ९ मा १८१०.१५ अंकमा आएको थियो ।
नेप्सेसँगै सबै उपसूचकमा गिरावट आएको छ । नेप्सेसँगै कारोबार रकम पनि तल झरेको छ । आइतबार १ अर्ब ६० करोड कारोबार भएको बजारमा मंगलबार १ अर्ब २३ करोडमा सीमित भएको छ ।
१ सय ८७ कम्पनीको सेयर कारोबार भएकामा १ सय ७८ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको मात्र सेयर बढेको छ ।