प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घट्यो

काठमाण्डु टुडे २०७९ असोज २ गते १२:१२ मा प्रकाशित

 काठमाण्डु,२ असोज- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घटेको छ । यससँगै सूचक १९१०.२० विन्दुमा आएको छ । एक लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ । नौ कम्पनीको भाउ बढेको छ भने सातवटाको घटेको छ । एउटा कम्पनीको भाउमा कुनै परिवर्तन भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us