
काठमाण्डु, २२ भदौ– लगातार ओरालो लाग्दै आएको शेयर बजारमा बुधबार पनि पहिलो गएको छ ।
साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले घट्यो । नेप्से ११.९७ अंकले घटेर १९३९.८८ अंकमा झरेको छ ।
म्युचुअल फण्डबाहेक सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । मंगलबार १ अर्ब १९ करोड कारोबार भएको बजार बुधबार १ अर्बबाट तल झरेको छ ।
२९ लाख ४३ हजार ७ सय २९ कित्ता शेयर किनबेचबाट ८२ करोड ६२ लाख ३० हजार ५ सय ८३ रुपैयाँ बराबर कारोबार भएको छ । कूल १ सय ८८ कम्पनीको सेयर कारोबार भएकामा १ सय ४७ कम्पनीको सेयर मूल्य घटेको छ ।
३१ कम्पनीको सेयर मूल्यमा सामन्य वृद्धि हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर छ । घट्दो बजारमा बुधबार सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य सर्वाधिक ७.७२ प्रतिशतले वृद्धि भयो ।
प्राइम डिवेञ्चर २०८८ को मूल्य सर्वाधिक ५.८८ प्रतिशतले गिरावट आएको छ ।