यौन भिडियो सार्वजनिक भएपछि दम्पत्ति हैरान

काठमाण्डु टुडे २०७१ असार २२ गते १०:०१ मा प्रकाशित

काठमाण्डु – भारतमा एक जोडी श्रीमान–श्रीमती ६ वर्ष अघि खिचेको यौन भिडियो सार्वजनिक भएपछि हैरानीमा परेका छन् ।

india६ वर्ष अघि प्रेमालापको क्रममा मोवाइल फोनमा रेकर्ड गरिएको सो भिडियो बजारमा छ्यापछ्याप्ती भएको हो ।

जानकारी अनुसार दुई सन्तानमा यी बाबुआमाको २० वर्ष अगाडी विवाह भएको थियो ।

नयाँ मोबाइल खरिद गर्दा पुरानो मोबाइलमा भएको ‘मेमोरी कार्ड’ निकाल्न भुलेकाले सो भिडियो सार्वजनिक भएको उनीहरुले बताएका छन् ।

भिडियो एउटा ‘पोर्न साइट’मा रहेको उनीहरुलाई साथीले जानकारी दिएका थिए ।

उनीहरुले प्रहरीमा ‘साइबर क्राइम’को मुद्धा दायर गरेका छन् । भिडियो अपलोड गरिएको ‘इन्टरनेट प्रोटोकल’ ठेगाना पत्ता लगाएर कारबाही गर्ने प्रहरीले जनाएको छ ।

ती जोडीले आफ्नो घरको कामदारलाई शंका गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us