
काठमाण्डु ,१५ भदौ -अभिनेता पल शाहमाथि लागेको नाबालिगलाई बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा सुनुवाइ सुरु भएको छ ।
शाहा बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । अभिनेता शाहको मुद्दामा न्यायाधीश दलबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको छ।
शहा लाइ नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।उनले गत फागुन १५ गते शाहले प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।
उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ ।
नवलपुर अदालतले शाहलाइ २१ भदौका लागि पेशी तोकेको उनका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्ले जानकारी दियका छन।