काठमाण्डु – अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतले बिपी कोइरालाको शतवार्षिकी समारोह भव्य रुपमा मनाउने भएको छ ।
संस्थाका अध्यक्ष विकलचन्द्र आचार्यले जारी गरेको विज्ञप्तिअनुसार सो अवसरमा प्रवासमा नेपाली साहित्य र आख्यानको विकास विषयमा अन्तक्र्रियाको आयोजना गरिने छ ।
नेपाली कथा साहित्यको लेखनमा केन्द्रित रही बिपीको नेपाली आख्यानमा रहेको योगदानलाई पनि सो अन्तक्र्रियामा उजागर गरिनेछ ।
साउन ४ गते हुने सो समारोहमा नेपालबाट वरिष्ठ साहित्यकार तुलसी दिवस तथा साहित्यकारहरु रामचन्द्र आचार्य, नरेन्द्र पराशर तथा समाजसेवी दीक्षा चापागाईंलगायतले भाग लिने र कवि दिवस प्रमुख अतिथि तथा वक्ताका रुपमा सहभागी हुनेछन् । रासस