
काठमाण्डू, १४ भदौ– सेयर बजार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ ।
साताको पहिलो दिन आइतबार बजार घटेर दुई हजार बिन्दु तल झरेकामा सोमबार स्थिर रह्यो ।
मंगलबार नेप्से परिसूचक २.३ अंकले बढेर १९९५.३४ बिन्दुमा पुगेको छ । कारोबार रकम भने लगातार घटिरहेको छ ।
सोमबार दुई अर्बको कारोबार भएकामा बजारमा मंगलबार एक अर्ब २६ करोड रुपैयाँको मात्रै कारोबार भएको छ ।