सरकारी जग्गा हडपेको आरोपमा राजा महेन्द्रका ज्वावाईंमाथि मुद्दा दायर

काठमाण्डु टुडे २०७९ भदौ १० गते ८:१४ मा प्रकाशित

काठमाण्डु, १० जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० कट्ठा १२ धुर सरकारी जग्गा हडपेको आरोपमा दिवंगत पूर्वराजा महेन्द्र शाहका छोरीज्वाइँ कुमार खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२९ करोडभन्दा बढी बिगो दाबी गर्दै महेन्द्रकी छोरी शारदाका पति शाहसहित ३१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
शाहले धनुषा साबिक पिडारी–५ स्थित कित्ता नम्बर–१३२, कित्ता नम्बर–१३३, कित्ता नम्बर–१३४, कित्ता नम्बर– १३५ र कित्ता नम्बर–६ को जम्मा ८ बिगा, १० रोपनीभन्दा बढी सरकारी जग्गा गैरकानुनी रूपमा गुठी संस्थान तथा मालपोत कार्यालयका कर्मचारीलाई प्रभाव तथा प्रलोभनमा पारेर आफ्नो नाममा दर्ता गरेको पाइएपछि मुद्दा दर्ता गरेको आयोगले जनाएको छ । राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us